कैलालीमा तीन जना अस्पताल भर्ना कोरोना आशंकामा

कोरोना (कोभिड–१९) भाइरस संक्रमणको आशंकामा कैलालीमा तीन जनलाई अस्पताल भर्ना गरिएको छ ।

भारतबाट आएका तीन जनालाई सीमामा चेकजाँच गर्ने क्रममा शंका लागेपछि धनगढी सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको अस्पतालको इमर्जेन्सी विभाग प्रमुख डा. जगदीश जोशीले जानकारी गराएका छन्

तीनै जनालाई अहिले अस्पतालको आइसोलेसन वार्डमा राखिएको उनले बताएका छन् । उनीहरूको खकार नमूना संकलन गरी शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको डा. जोशीले जानकारी दिएका छन् । उनीहरूको रिपोर्ट सोमबार मात्र आउने पनि डा. जोशीले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here