नेपालमा एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि भएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सोमबार पत्रकार सम्मेलन गरी कोरोना संक्रमित व्यक्ति काठमाडौंमा भेटिएको जानकारी दिनुभएको हो ।
फ्रान्सबाट काठमाडौं आएकी एक १९ वर्षीया किशोरीमा कोरोना संक्रमण देखिएको हो ।
किशोरी चैत्र ४ गते कतारको दोहा हुँदै नेपाल आएकी थिइन् । त्यसबेला कोरोनाको कुनै लक्षण नदेखिएपनि उनी हाेम क्वारेन्टाइनमा बस्दै आएकी थिइन् । परीक्षण गर्दा उनलाई आइतबार साँझ कोरोना संक्रमण देखिएको पुष्टि भएको मन्त्रालयले जनाएको छ । उनको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ ।