प्रतिबन्धित पार्टी नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवका दाई चयन्द्र चन्द पक्राउ परेका छन् । प्रहरीले चन्द लगायत ६ जनालाई हिजो राति ललितपुरको जावलाखेलबाट पक्राउ गरेको हो ।
पक्राउ परेका चन्द नेपाल गणतान्त्रिक खेलकुद महासंघका अध्यक्ष समेत हुन् । उनीहरुलाई थप अनुसन्धानका लागि राखेको प्रहरी स्रोतले बताएको छ ।
चन्द २०६४ साल देखि नै विप्लव निकट खेलकुद महासंघका अध्यक्ष छन् । विप्लवका तीन भाइमध्य जेठो दाई चन्द्रबहादुर चन्द वीरजंग दाङबाट पक्राउ परेका थिए । उनी नेकपाको मध्यकमाण्ड इन्चार्ज थिए ।