काठमाडौं । कोरोना संक्रमण भएको आशंकामा अस्पताल भर्ना भएकी युवतीको मृत्यु भएको छ । युवतीको सोमबार वीर अस्पतालमा मृत्यु भएका हो । मृतक युवती भारतबाट नेपाल आएकी थिइन् । उनलाई ज्वरो आएको, स्वास फेर्न गाह्रो भएको र बेहोस अवस्थामा अस्पताल ल्याइएको वीर अस्पतालको निर्देशक डा. केदार सेञ्चुरीले बताए । ‘
बेहोस भएकी युवतीलाई सोमबार बिहान अस्पताल भर्ना गरिएको थियो । उनको नमुना टेकु ल्याबमा पठाइएको छ । युवती चन्द्रागिरी नगरपालिका १५ कि हुन् ।