विश्वभर संक्रमित हुनेको संख्या साढे ८ लाख नाघ्यो, ४२ हजार बढीको मृत्यु

विश्वभर कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या साढे ८ लाख नाघेको छ भने ४२ हजार बढीको मृत्यु भएको छ।

वल्डोमिटरको पछिल्लो तथ्याङ्कअनुसार मंगलबारसम्म विश्वमा ८ लाख ५६ हजार ९ सय १७ जनामा कोरोना भाइरसको संत्रमण भएको पुष्टि भएको छ। यीमध्ये ४२ हजार १ सय ७ जनाको मृत्यु भइसकेको छ। हालसम्म संक्रमितमध्ये १ लाख ७७ हजार १ सय ४१ जना उपचारपछि निको भई घर फर्केका छन्।

हाल विश्वका बिभिन्न अस्पताल र घरमै बसी ६ लाख ३७ हजार ६ सय ६९ जना कोरोनाका बिरामी उपचारत छन्। उपचाररत बिरामीमध्ये ३२ हजार २ सय ९६ (५ प्रतिशत) जनाको अवस्था गम्भीर रहेको छ भने ६ लाख ५ हजार ३ सय ७२ जनाको अवस्था सामान्य छ।

कोरोना भाइरस पहिलो पटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको उहानमा देखिएको थियो। सुरुका केही दिन चीनमा मात्र सीमित रहेको यो भाइरस मंगलबारसम्म आइपुग्दा विश्वका २ सय २ देश तथा क्षेत्रमा फैलिएको छ। नेपालमा पनि हालसम्म ५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ, जसमध्ये एकजनलाई निको भइसकेको छ भने ४ जना उपचारत छन्।

पछिल्लो समय कोरोना भाईरस अमेरिका र युरोपमा तिव्र रुपमा फैलिरहेको छ। कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित देशमा क्रमसः अमेरिका, इटाली, स्पेन, चीन, जर्मनी, इरान, फ्रान्स, बेलायत, स्वीट्जरल्याण्ड, बेल्जियम, नेदरल्याण्ड्स, टर्की, अष्ट्रिया, दक्षिण कोरिया, क्यानडा, पोर्चुगल, इजरायल, ब्राजिल, अष्ट्रेलिया, नर्वे, स्वीडेन रहेका छन्।

हालसम्म सबैभन्दा बढी संक्रमित अमेरिकामा देखिएका छन् भने मृत्यु इटालीमा भएको छ। अमेरिकामा हालसम्म १ लाख ८७ हजार ३ सय ४७ जनामा संक्रमण रहेको पुष्टि भएको छ, जसमध्ये ३ हजार ८ सय ६० जनाको मृत्यु भइसकेको छ।

इटालीमा कोरोनाका संक्रमितको संख्या १ लाख ५ हजार ७ सय ९२ जना रहेको छ। यीमध्ये १२ हजार ४ सय २८ जनाको मृत्यु भइसकेको छ । स्पेनमा ९५ हजार ९ सय २३ जनामा कोरोनाको संक्रमण देखिएकोमा ८ हजार ४ सय ६४ जनाको मृत्यु भएको छ।

जर्मनीमा मंगलबारसम्म कोरोना संक्रमितको संख्या ७१ हजार ८ सय ८ पुगेको छ जसमध्ये ७ सय ७५ जनाको मृत्यु भएको छ। इरानमा ४४ हजार ६ सय ५ जना संक्रमित रहेकोमा २ हजार ८ सय ९८ जनको मृत्यु भइसकेको छ। फ्रान्समा कोरोनाका संक्रमित संख्या ५२ हजार १ सय २८ छ। यीमध्ये ३ हजार ५ सय २३ जनाको मृत्यु भएको छ।

बेलायमा २५ हजार १ सय ५० जनामा कोरोना देखिएको छ जसमध्ये १ हजार ७ सय ८९ जनाको मृत्यु भइसकेको छ। स्वीट्जरल्याण्डमा हालसम्म संक्रमितको संख्या १६ हजार ६ सय ५ छ। यीमध्ये ४ सय ३३ जनाको मृत्यु भएको छ। टर्कीमा कोरोना संक्रमितको संख्या १३ हजार ५ सय ३१ पुगेको छ भने २ सय १४ जनाको मृत्यु भएको छ।

बेल्जियममा १२ हजार ७ सय ७५ जना कोरोनाका संक्रमित पुगेका छन्, जसमध्ये ७ सय ५ जनाले ज्यान गुमाइसकेका छन्। नेदरल्याण्ड्समा १२ हजार ५ सय ९५ जनामा कोरोनना देखिएकोमा १ हजार ३९ जनाको मृत्यु भइसकेको छ। अष्ट्रियामा कोरोना संक्रमितको संख्या १० हजार १ सय ८० पुगेका छ । यीमध्ये १ सय २८ जनको मृत्यु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here