कोरोना संक्रमित २ जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ

राजधानी काठमाडौको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत कोरोना भाइरस (कोभिड–१९) संक्रमित दुई जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ नै आएको छ । यससँगै उनीहरुको अस्पताल बसाइँ अझै लम्बिएको छ । नेपालका दोस्रो र तेस्रो कोरोना संक्रमित बिरामीको मंगलबार थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । दोस्रो रिपोर्ट नेगेटिभ आए उनीहरुलाई डिस्चार्ज गर्ने तयारी थियो ।

तर, बुधबार रिपोर्ट पोजेटिभ नै आएपछि अब दुई दिनपछि फेरि नमुना संकलन गरेर परीक्षण गरिने टेकु अस्पतालका एक चिकित्सकले बताए । चैत ४ मा फ्रान्सबाट कतारको दोहा हुँदै आएकी १९ वर्षीय युवतीमा चैत १० गते र चैत ६ मा यूएईबाट आएका धादिङका ३४ वर्षीय युवकमा चैत १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालले दिएको जानकारीअनुसार उनीहरु दुबैको स्वास्थ्य अवस्था भने सामान्य छ । तर संक्रमण सकिएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here