बोलेरो दुर्घटना एकै गाउँका पाँचजना घाइते

दोलखाको गौरीशंकर गाउँपालिका–५ सुरी काप्तीमा शुक्रबार विहान बा १८ च ५१४८ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।

घाइते मध्ये चार जनाको अवस्था गम्भीर रहेको र एक जना सामान्य घाइते भएको इलाका प्रहरी कार्यालय सिंगटीले जनाएको छ ।

गम्भीर घाइते गौरीशंकर गाउँपालिका–५ सुरीका बोलेरो चालक प्रेम गुरुङ, गोविन्द गुरुङ, पवन गुरुङ र रमेश गुरुङलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको र सामान्य घाइते दाङिमा शेर्पालाई सिंगटीको स्वास्थ्य केन्द्रमा लगिएको स्थानीय सुवास खड्काले जानकारी दिए।

घरायसी कामकै लागि गाउँ नजिकै गएको बोलेरो जीप सडकबाट झण्डै चार सय मीटर तल खसेर दुर्घटना भएको स्थानीय सुवासले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here