इटहरी आसपासका १४ वटा मस्जिद सिलबन्दी गरिएको छ । उदयपुरको भुल्केस्थित मस्जिदमा बसेका भारतीयमा कोरोना संक्रमण देखिएपछि इटहरीका १४ वटा मस्जिद सिलबन्दी गरिएको हो ।
भारतबाट आएका अरुपनि व्यक्ति बसेको हुनसक्ने आशंका गर्दै संघीय सरकारको सुझावअनुसार मस्जिद सिलबन्दी गरेर मस्जिदमा बस्दै आएकालाई क्वारेन्टाइनमा लगेर राखिएको छ । इटहरी उपमहानगरपालिकाले जनता बहुमुखि क्याम्पसमा बनाएको क्वारेन्टाइनमा मस्जिदमा बस्दै आएका व्यक्तिलाई लगेर राखेको उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिनुभयो ।
मोरङका विभिन्न मस्जिदमा पनि केही भारतीय धर्मप्रचारक बस्दै आएको स्थानियले प्रशासनलाई जानकारी गराएका छन् । स्थानियले मस्जिदमा निगरानी बढाउन र त्यहाँ बस्नेको स्वास्थ्य परीक्षण गर्न दबाब दिन थालेका छन् ।