पूर्वसचिव उपाध्यायमाथि पाँच वर्ष कैद माग्दै मुद्दा दर्ता

काठमाडौं । पूर्वसचिव भीम उपाध्यायलाई पाँच वर्ष कैद गर्न माग गर्दै साइबर अपराधमा मुद्धा दायर गरिएको छ । सरकारबिरुद्ध फेसबुक र ट्विटरमा स्टाटस लेखेको आरोपमा पक्राउ गरिएका उनलाई सरकारी वकिलको कार्यालयले आइतबार साइबर अपराधको मुद्दा दर्ता गरेको हो । पूर्वसचिव उपाध्यायमाथि पाँच वर्ष कैद सजायको माग गर्दै मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । उपाध्यायलाई सरकारबिरुद्ध फेसबुक र ट्विटरमा स्टाटस लेखेको आरोपमा प्रहरीले गत बुधबार पक्राउ गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here