झापामा थप एकजनामा कोरोना भाइरस पोजेटिभ, नेपालमा संक्रमित ५२ पुगे

काठमाडौं : झापाका ५० वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार विराटनगरस्थित कोशी अस्पतालमा गरिएको परीक्षणमा उनमा कोभिड १९ पोजिटिभ देखिएको हो। यससँगै झापामा दुई जना भाइरसबाट संक्रमित भएका छन्। 

आजमात्रै वीरगंजमा थप दुई जनामा भाइरसको संक्रमण देखिएको थियो। यससँगै नेपालभर ५२ जनामा भाइरसको संक्रमण देखिएको छ। १६ जना निको भएर डिस्चार्ज भइसकेका छन्। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here