रौतहटमा थप दुई जनामा कोरोना, संक्रमितको संख्या ५४ पुग्यो

काठमाडौं– रौतहटमा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो।

कोरोना संक्रमण हुनेमा दुवैजना पुरुष छन्। वृन्दावन नगरपालिका–९ भुसहाका २५ वर्षीय पुरुष र देवाही गोनाही नगरपालिका–१ का ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले दुई पुरुषमा कोरोना संक्रमण देखिएको खबर आए पनि आधिकारिक पत्र भने नआइसकेको बताए।

संक्रण भेटिएका २५ वर्षीय पुरुष भारतको कोलकाताबाट फर्केर चन्द्रपुरको क्वारेन्टाइनमा १४ दिन बसेर घर फर्किएका थिए। जनकपुरबाट गएको प्रादेशिक टोलीले गरेको आरडीटी परीक्षणमा नेगेटभ देखिएपछि उनलाई घर फर्काइएको बुझिएको छ। ३५ वर्षीय पुरुष पनि नयाँदिल्लीबाट वैशाख ४ गते घर आएका थिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here