तीनजनामा देखियो कोरोना, संक्रमितको संख्या ५७ पुग्यो

बुधबार एकैदिन तीन जना व्यक्तिमा कोरोनाभाइरस संक्रमण देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो। तीनमध्ये दुई जना बारा र एक जना वीरगन्जका छन्। तीनै जना यसअघि वीरगन्ज १६ स्थित इनरुवाका कोरोना संक्रमित व्यक्तिसँगै दिल्लीको मर्कजबाट फर्किएको श्रोतले जनाएको छ । संक्रमित सबैलाई नारायणी अस्पताल लैजाने तयारी हुँदैछ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ। जसमा १६ जना निको भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here