कोरोना त्रासकाबीच नेपालमा दादुराको प्रकोप, २ बालबालिकाको मृत्यु

काठमाडौं- विभिन्न सात जिल्लामा दादुराको प्रकोप देखा परेको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखाका प्रमुख डा. झलक गौतमले बताएका छन्।

अहिले झापा, सर्लाही, चितवन, काठमाडौं, ललितपुर, धादिङ र गोरखामा गरी १८५ जना दादुरा संक्रमितको उपचार भइरहेको छ। संक्रमितमध्ये धादिङका दुई बालबालिकाको चैतमा मृत्यु भएको छ। दादुराको संक्रमण पुसदेखि हुन थालेको हो।

धादिङमा ६ महिनादेखि १५ वर्षसम्मका २० हजारलाई खोप दिन सुरु गरिएको छ। दादुरा संक्रमण हुनेमा ४ महिनादेखि ४० वर्षसम्मका व्यक्ति छन्। गौतमका अनुसार सबैभन्दा बढी धादिङको बेनीघाट र गजुरीमा गरी ११३ जनामा दादुरा देखिएको छ।

महाशाखाको खोप अभियानअन्तर्गत बेनीघाट र गजुरी गाउँपालिकाका ६ महिनादेखि १५ बर्ष उमेर समूहका २० हजार बालबालिकालाई मिजल्स र रुबेलाविरुद्धको खोप दिन थालिएको छ। बुधबार सुरु भएको खोप अभियान २३ गतेसम्म चल्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here