कोरोना लडाइँ विरुद्धको शीर्ष पाँच महिलाको सूचीमा परिन् नेपाली चिकित्सक रुना झा

कोरोना भाइरस (कोभिड १९) को संक्रमण विरुद्ध विश्वभरका स्वास्थ्यकर्मी अग्रपंक्तिमा लडाइँ लडिरहेका बेला संयुक्त राष्ट्रसंघको यूएन वुमनले विश्वका ५ शीर्ष महिलाको सूचीमा नेपाली डा. रुणा झालाई समेत छनोट गरेको छ ।

नेपालमा कोरोनाको परीक्षणको आधिकारिक मानिने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुकी निर्देशक डा. झा छनोटमा परेकी हुन् ।

उत्कृष्ट पाँचमा पर्ने अन्य महिलामा संयुक्त राष्ट्रसंघका फिल्ड एसिसटेन्टद्वय अमल अल महायरा र और हादेल दाबिबेह छन्। उनीहरु जोर्डनमा कार्यरत छन्। दुवैजना जोर्डनका संक्रमित महिला र सिरियाका शरणार्थीहरुको सेवामा सक्रिय छन्।

यस्तै सूचीमा पर्ने अर्की महिला चीनकी यान सेंगलियान हुन्। उनी चीनको ग्रामीण क्षेत्रमा रहेर स्वास्थ्योपचारमा संलग्न छिन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here