कोरोनालाई जितेर घर फर्केका व्यक्तिमा फेरि कोरोना पोजेटिभ

कोरोनालाई जितेर घर गएका एक व्यक्तिमा पुन पोजेटिभ देखिएको छ । गत वैशाख ११ गते १४ दिन अस्पताल बसेर घर फर्किएका फर्किएका एक व्यक्तिमा पुनः कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना गरिएको छ । रौतहटको इशनाथ नगरपालिकाका ती व्यक्तिमा एक्कासी ज्वरो आएपछि उनको घरमै गई स्वाबको नमुना लिएर परीक्षण गरिएको थियो ।

परीक्षणका क्रममा फेरि पनि कोरोना पोजेटिभ देखिएको नारायणी क्षेत्रीय अस्पताल श्रोतले बताएको छ । अहिले उनलाई वीरगञ्जस्थित नारायणी क्षेत्रीय अस्पतालमा भर्ना गरिएको छ । भारतको दिल्लीबाट करिब ४० दिन पहिले रौतहट आएका ती व्यक्ति सुरुको १४ दिन नगरपालिकाकै क्वारेन्टाइनमा बसेका थिए ।

त्यही क्रममा उनलाई कोरोना पोजिटिभ देखिएपछि नारायणी क्षेत्रीय अस्पताल वीरगञ्जमा राखी उपचार गरिएको थियो । ३ पटकसम्म लगातार नेगेटिभ रिपोर्ट आएपछि ‘कोरोनालाई जितेको’ भन्दै उनलाई वैशाख ११ गते डिस्चार्ज गरिएको थियो । निको भएर घर फर्केको ४ दिमा ज्वरो आएपछि उनको घरमै पुगेर पुनः स्वाबको नमुना लिएर आएको अस्पताल श्रोतले बताएको छ ।

उनलाई अहिले नारायणी अस्पतालको आइसोलेसनमै राखिएको छ । उनीसँगै ४ जना बिरामी निको भई डिस्चार्ज भएकालाई पनि अस्पताल ल्याएर आइसोलेसनमा राख्ने तयारी भइरहेको अस्पताल श्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here