थप नेपालगञ्जमा ६ जनामा कोरोना पुष्टि

नेपालगञ्जमा थप ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सहित नेपालगञ्जमा संक्रमितको संख्या १६ पुगेको छ भने नेपालभरमा ७५ पुगेको छ। प्रयोगशाला परीक्षणका क्रममा नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। 

आइतबार मात्र नेपालगञ्जमा ९ जनामा कोरोना देखिएको थियो। शुक्रबार नेपालगञ्जमा एक जनामा कोरोना देखिएको थियो। शुक्रबार संक्रमण देखिएका व्यक्तिकै सम्पर्कमा आएका व्यक्तिहरुमा कोरोना देखिएको बताइएको छ। आइतबार पर्सामा नै एक जनामा कोरोना देखिएको छ। नेपालगञ्जका १५ र पर्साका १ सहित आइतबार नेपालमा १६ जना संक्रमित थपिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here