अहिलेसम्म ६४ हजारको परीक्षण

नेपालमा अहिलेसम्म पीसीआर विधिबाट १३ हजार ६४० जना र आरडिटी विधिबाट ५० हजार ८४५ जनामा कोरोना भाइरस संक्रमणको परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका प्रवक्ता डा. विकास  देवकोटाले रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन (पीसीआर) र र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) गरी दुवै विधिबाट अहिलेसम्म ६४ हजार ४८५ जनाको परिक्षण गरिएको जानकारी दिएका छन्।  परीक्षण गरिएकामध्ये अहिलेसम्म ७५ जनामा मात्र संक्रमण देखिएको छ। संक्रमितमध्ये ५८ पुरुष र १७ महिला छन् । यिमध्ये १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

त्यस्तै कोरोना संक्रमणका शंकास्पद १०६ जना आईसोलेसनमा छन् भने देशभर २१ हजार ५२३ जनालाई क्वारेन्टिनमा राखिएको छ। संक्रमितमध्ये प्रदेश १ मा ३१ जना, प्रदेश २ मा १३ जना, बागमतीमा ७ जना, गण्डकीमा २ जना, प्रदेश ५ मा १७ जना, सुदुरपश्चिममा ५ जना छन्। कर्णाली प्रदेशमा अहिलेसम्म कुनै पनि संक्रमित भेटिएका छैनन् ।

संक्रमितमध्ये रुपन्देहीमा १, नेपालगञ्जमा १६, विराटनगरमा ३१, वीरगञ्जमा ९, भरतपुरमा १ र धनगढीमा १जनाको उपचार भइरहेको छ। उपचाररत सबैको अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here