महोत्तरीमा १२ जनामध्ये १० जनाको घरेलु जाँडरक्सी खाएर ज्यान गएको पुष्टि

वैशाख २२ : महोतरीको भंगहा नगरपालिकाकामा अज्ञात रोगवाट धमाधम १२ जनाको मृत्यु भएपछि प्रदेश सरकार घटना स्थल पुगेको छ । सरकारका मन्त्री ज्ञानेन्द्र कुमार यादवको नेतृत्वमा पुगेको सरकारी टोली प्रहरी प्रशासन संघिय सरकारकै मातहतमा रहेको अवैध मदिरा बन्द हुन नसक्दा मधेशमा मानविय क्षती भइरहेको आरोप लगाए । उनले प्रधानमन्त्रीलाई आराम गर्न समेत सुझाव दिएका छन् ।

प्रदेश २ का प्रवक्ता समेत रहेका आन्तिरक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले महामारीका वेला आफै विरामी रहेका प्रधानमन्त्री केपि शर्मा ओलीले जनता स्वास्थ्य बनाउन नसक्ने बताएका छन् । महोतरीको भंगहा नगरपालिकाकाको विभिन्न वडामा अज्ञात रोगवाट धमाधम १२ जनाको मृत्यु भएपछि घटना स्थल पुगेका मन्त्री यादवले स्वास्थ्य सम्बन्धि अध्यादेश ल्याउनु पर्ने प्रधानमन्त्री पार्टी फोडने अध्यादेश ल्याएर आफनो चरित्र उदाङ्गो पारेको बताए ।

मन्त्री यादवले मृतक १२ जना सवैको परिवारलाई यस महामारीको घरिमा काज किरिया गर्न र बालबालिकाको भरणपोषण तथा शिक्षादिक्षाका लागि तत्काल प्रदेश सरकारले प्रति परिवार १ लाखको दरले सहयोग गर्न लागेको बताएका छन् । एता अज्ञात रोगहरुवाट धमाधम मृत्यु भइरहेको घटना बारे अनुसन्धान गर्न स्वास्थ्य सेवा विभाग काठमाण्डौं टेकुवाट आएको मेडिकल टिमका डा. अमृत पोखरेलले १२ जना मध्ये १० जनाको मदिरा सेवन, १ जनाको औलो रोग रहेको र थप मदिरा सेवन गरेको तथा अर्को एकजनाको अचानक मृत्यु भएको खुल्न आएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here