लकडाउन खुकुलो पार्ने सरकारको निर्णय, के–के खुल्ला हुन्छ ?

सरकारले जेठ ५ गतेसम्म लकडाउन गर्दै जेठ १८ सम्मका लागि हवाई उडान बन्द गर्ने निर्णय गरेको छ। विगतभन्दा यसपालि लकडाउन केही खुकुलो पारिएको छ। औद्योगिक उत्पादन तथा वितरणका लागि खुला छाडिएको छ। साथै, निर्माण सामग्रीको ढुवानीलाई पनि खुला छाडिएको छ। मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सुरक्षा उपायहरु अपनाएर गिट्टी-बालुवा उत्पादन तथा प्रशोधन गर्न दिइने बताए। कृषि तथा पशुपंछीको ढुवानीलाई पनि सहज बनाइएको छ ।

उद्योगबाट लोड भएका सामान गन्तव्य स्थलसम्म पुर्याउन पाइने भएको छ । त्यहाँबाट फर्किन पनि दिइने भएको छ। बीमा, बैंकिङ, धितोपत्र बजार सञ्चालनका लागि पनि व्यवस्था गरिएको छ। एकतिहाई कर्मचारीबाट सेवा दिने व्यवस्था मिलाइएको छ। यस्तै, काठमाडौं छिर्ने गाडीका चालक र सहचालकको विवरण राख्नुपर्ने भएको छ । ग्यास, पानी, खाद्यान्नका साथै अन्य उत्पादन ल्याउन लैजान पनि दिइने भएको छ। 

निर्माण उद्योगहरु पनि पूर्णरूपमा सञ्चालन गर्न दिइने भएको छ । राजमार्गका होटल तथा रेष्टुरेन्टहरु पनि सीमित रुपमा खोल्न पाइने भएको छ। तर त्यहाँबाट खानाको प्याकेट मात्र उपलब्ध हुनेछ। गाडी वर्कशपहरू पनि खुल्ने भएको छ। अन्य विद्युतीय सेवा दिने क्षेत्र पनि खुला हुने भएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here