काठमाडौं- नेपालगन्जमा कोरोना संक्रमणका एक जना नयाँ बिरामी थपिएका छन्। भेरी अस्पतालमा गरिएको परीक्षणमा १६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १०२ पुगेको छ। यीमध्ये ३० जना निको भइसकेका छन्।