आइतबारदेखि उपत्यकामा गाडी चलाउन ‘टाइम कार्ड’ लागू

भोलि, आइतबारदेखि काठमाडौं उपत्यकामा गाडी चलाउन टाइम कार्ड लागू हुने भएको छ।

कोरोना संक्रमणको जोखिम कम गर्न र भीडभाड नियन्त्रणको लागि टाइम कार्ड लागू गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। जसअनुसार सरकारी कार्यालयका गाडी र कर्मचारीलाई बिहान ९ बजेदेखि साढे १० बजेसम्म कार्यालय पुगिसक्न र बेलुका ५ देखि ६ बजेसम्म घर फर्किने समय निर्धारण गरिएको छ।

त्यस्तै, तरकारी र खाद्यान्न बिहान १० बजेभित्र ढुवानी गरिसक्नुपर्ने छ। बैंक, वित्तीय संस्थाका गाडी तथा कर्मचारी भने बिहान ९ बजेदेखि साढे १० बजेसम्म गइसक्नुपर्ने र बेलुका साढे ३ बजेदेखि ५ बजेसम्म फर्कनुपर्ने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here