काठमाडौं – संक्रमितको संख्या बढ्दै जाँदा विभिन्न देशमा कोरोनाविरुद्धको औषधी र खोपको परिक्षण पनि गरिएको छ । यस्त हालैै भारतमा कोरोनाको औषधि परीक्षण गर्ने क्रममा एक चिकित्सकको मृत्यु भएको छ । भारतिय मिडियाका अनुसार भारतको चेन्नईमा एक चिकित्सकले आफैले बनाएका औषधी परीक्षण गर्ने क्रममा मृत्यु भएको हो । मृत्यु हुने चिकित्सक पेरुंगुडीका शिवनेसन हुन् । उनले आयुर्वेदिक उत्पादन कम्पनी र फार्मासिस्टको काम गरिरहेका थिए । केही समयदेखि उनी र उनका बोस राजकुमारले कोारेना सँग लड्न औषधीको खोज गरिरहेका थिए ।
उनले आफुले बनाएको औषधी परिक्षण गर्न शिवसेननले धेरै पिएकाले उनी बेहोस भए र अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ । उनका बोस राजकुमारले उक्त औषधी थोरै अर्थात केही थोपा मात्र पिएका थिए । यसबारे भारतीय प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ । भारतमा हालसम्म कोरोनाबाट ४१ हजार बढी संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या २ हजार नाघेको छ ।