थप १३ जनामा कोरोना संक्रमण पुष्टि, एकै दिन २४ संक्रमित

सोमबार एकै दिन २४ जनामा कोभिड–१९ को संक्रमण देखिएको छ । यो संख्या अहिलेसम्मकै उच्च हो । कपिलवस्तु, रुपन्देही, बर्दिया र सप्तरी गरी सोमबार २४ जनामा संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, कपिलवस्तुमा १६, रुपन्देहीमा ६, बर्दियामा एक र सप्तरीमा एक जनामा संक्रमण देखिएको छ ।

मन्त्रालयले जारी गरेको प्रेस नोटमा संक्रमित भनिएका सवै युवा छन् । एक जना मात्रै ४० वर्षका छन् भने धेरै जसो २० वर्ष मुनिका छन् । कपिलवस्तुको यशोधरा गाउँपालिका–५ र बुद्धभूमि नगरपालिका–७ मा सोमबार बिहान दश जनामा संक्रमण पुष्टि भएको थियो । संक्रमितहरु १८, १९, २०, २०, २४, ३०, ३१, ३४ र ३४ वर्षका पुरुष थिए भने एक पुरुषको उमेर खुलेको थिएन ।  फेरि मन्त्रालयले साँझ दिएको अपडेटअनुसार, कपिलवस्तुमा ६ जना संक्रमित थपिए ।  कपिलवस्तुको यशोधरा गाउँपालिका–८ र बुद्धिभूमि नगरपालिका–७ का १५, १९, २३, ३०, ३२ र ३८ वर्षीय पुरुषमा संक्रमण देखिएको हो ।

यस्तै, रुपन्देहीको समरीमाई गाउँपालिका–७ र लुम्बिनी सांस्कृतिक गाउँपालिका–६ का २४, २६, २७, ३०, ३२ र ४० वर्षीय पुरुषहरुमा संक्रमण देखिएको छ ।मन्त्रालयका अनुसार, बर्दियाको राजापुर–५ का ११ वर्षीया किशोरीमा संक्रमण देखिएको छ । अझ, यी युवा संक्रमितहरु भारतबाट फर्किएका हुन् । यो सँगै, नेपालमा संक्रमित संख्या १३४ पुगेको छ । संक्रमित मध्ये ३३ जना निको भएर घर फर्किसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here