नेपालमा मंगलबार कोरोनाभाइरसका ५७ जना संक्रमित थपिएका छन् । यो संख्या एकै दिनमा संक्रमित थपिएको अहिलेसम्मकै उच्च हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, पर्सामा मात्रै ३९ जना थपिएका छन्। थपिएका संक्रमित सवै पुरुष हुन्। कपिलवस्तुमा ८, रुपन्देहीमा ९ र बारामा एक जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। यो सँगै, नेपालमा संक्रमित संख्या १९१ पुगेको छ । यस मध्ये ३३ जना बिरामी निको भएर घर फर्किएका छन्।