डिस्चार्ज भए रुपन्देहीका पहिलो कोरोना संक्रमित युवा

रुपन्देहीका पहिलो कोरोना संक्रमित युवा उपचार पछि निको भएका छन् ।  शुक्रबार र सोमबारको परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको कोरोना अस्पतालका डा. सुदर्शन थापाले बताए ।  उनलाई उपचारका लागि बुटवलको धागो कारखानास्थित कोरोना विषेश अस्पतालमा राखिएको थियो । गत ५ वैशाखमा लुकिछिपि नेपाल आएका उनमा कोरोना पोजेटिभ देखिएपछि उनलाई १९ वैशाखमा उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।  उनी रुपन्देहीको कोटहीमाई गाउँपालिकाका निवासी २५ बर्षे युवा हुन । कोरोना संक्रमित भएपछि अस्पतालमा उपाचाररत रहँदा छमछमती नाचेको उनको भिडियो सामाजिक सञ्चालमा भाइरल बनेको थियो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here