नेपालमा थप एक जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ । बुधबार गरिएको परीक्षणमा थप एक जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीकाअनुसार काभ्रेको धुलिखेल अस्पतालस्थित ल्याबमा परीक्षण गर्दा बाँकेका ३६ वर्षका युवकमा कोरोना संक्रमण देखिएको हो । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१८ पुगेको छ ।