अस्पतालबाटै भागे दुई जना कोरोना संक्रमित

कोरोना भाइरसको संक्रमण पुष्टि भएका २ जना अस्पतालबाट भागेका छन्। नारायणी अस्पताल वीरगञ्जको आइसोलेसनमा भर्ना भएका २ जना संक्रमित भागेका हुन्।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायका अनुसार उनीहरु अस्पतालको शौचालयको भेन्टिलेसन् फोडेर भागेका हुन्।  उनीहरु मंगलबार भर्ना भएका थिए।

डा उपाध्यायका अनुसार महानगरपालिकाकै वडा नम्बर १६ र १३ का दुई संक्रमितमध्ये एकजना १७ र अर्का ३० वर्षका छन्। अस्पतालबाट भाग्ने दुई जनामध्ये एक जना थुनुवा हुन्। संक्रमित भागेपछि खोजी कार्य भइरहेको बताइएको छ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here