काठमाडौं– कर्णाली प्रदेशलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने भन्दै सूर्खेतस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अगाडिको चौर जोतिएको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालालगायतको उपस्थितमा मन्त्रालय अगाडिको चौर ट्याक्टरले जोतेको हो। ‘खाद्य सुरक्षाको लागि उत्पादन विशेष अभियान’को मकै रोप्दै मुख्यमन्त्री शाहीले उद्घाटन गरे।
यसअघि दुबोसहितको उक्त बगैंचामा मकै रोपिएको छ। जमिन बाँझो नराख्ने अभियान आफैंबाट सुरू गर्न खाली ठाउँमा खेती गर्न लागिएको आर्थिक मामिला तथा योजना मन्त्री जवालाले नेपाल समयलाई जानकारी दिए। उनले भने, “जमिन बाँझो नराखौं, सक्नेलाई खेती गर्न दिऔं नारासहित अभियान प्रदेशभर लागू हुन्छ।”