लकडाउन झन् कडा जिल्लाभित्र सवारी चलाउने पास पनि खारेज

काठमाडौं, १ जेठ । काठमाडौं उपत्यकालगायत देशका विभिन्न जिल्लामा धमाधम कोरोना संक्रमितको संख्या बढ्न थालेपछि राजधानीको आवागमनलाई थप कडाइ गरिने भएको छ । काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेपछि सरकारले भोलि (शुक्रबार) देखि लकडाउनलाई कडा बनाउने भएको छ ।

उनले जिल्लाभित्रै एक ठाउँबाट अर्को ठाउँमा जान मिल्ने गरी दिइएका पास शनिबारदेखि लागू हुने गरी खारेज गरिएको बताए। उनका अनुसार याे नियम काठमाडाैं उपत्यकाकाे हकमा पनि लागू हुनेछ। सञ्चाकर्मीले भने सूचना विभागबाट जारी पास लिएर आवागमन गर्न पाउनेछन्। काठमाडाैं उपत्यकामा पनि काेराेना भाइरस संक्रमण देखिन थालेपछि लकडाउन थप कडा गर्न यस्ताे निर्णय लिइएकाे बताइएकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here