काठमाडौं- काठमाडौं महानगरपालिकामा काम गर्ने ३१ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ देखिएको छ। शुक्रबार गरिएको र्यापिड डाइगोनेस्ट परीक्षणमा ३१ जानाको पोजेटिभ देखिएको महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख नरेन्द्र विलास बज्राचार्यले बताए। पोजेटिभ देखिएका अधिकांश सफाइ कर्मचारी रहेको उनले बताए।
आज ६६४ जनामा आरडीटी टेस्ट र २६८ जनामा पीसीआर विधिबाट परीक्षण गरिँदा आरडीटी गरिएका ६६४ जनामध्येबाट ३१ जनामा कोरोना पोजेटिभ आएको हो । पीसीआरकाे रिपोर्ट भने आउन बाँकी छ । यस्तै आरडीटी पोजेटिभ देखिएका ३१ जनामा पीसीआर विधिबाट परीक्षण गरिएपछि मात्रै कोरोना भए-नभएको पुष्टि हुने महानगरले जनाएको छ ।