बलिउड अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेका छन्। ३४ वर्षीय सुशान्त आइतबार विहान आफ्नै घरको कोठामा झुण्डिएको अवस्थामा फेला परेका हुन्। ‘काई पो चे’ फिल्मबाट बलिउडमा डेब्यू गरेका उनको अन्तिम फिल्म ‘छिछोरे’ हो। प्रहरीको प्रारम्भिक प्रतिवेदन अनुसार पछिल्लो ६ महिनादेखि उनी अवसादग्रस्त थिए। घटनास्थलबाट प्रहरीले एउटा सुसाइड नोट पनि फेला पारेको गरेका छन्।
सुशान्तकी पूर्व म्यानेजर दिशा सलियनले पनि केही दिनअघि मुम्बईमा घरको छतबाट हाम फालेर आत्महत्या गरेकी थिइन्। बिहारको पटनामा जन्मिएका सुशान्तले दिल्ली कलेज अफ इन्जिनियरिंगबाट मेकानिकल इन्जिनियरिंग अध्ययन गरेका थिए। उनले ‘किस देश मे है मेरा दिल’ टेलिभिजन सिरियलबाट आफ्नो करिअर सुरु गरेका थिए।
उनको सबैभन्दा ठूलो अवसर ‘एमएस धोनीः अनटोल्ड स्टोरी’ थियो । पीके, केदारनाथ, दि बेचरा पनि उनले महत्वपूर्ण भूमिका निभाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । बलिउडले यसै वर्ष इरफान खान र ऋषि कपुर जस्ता अब्बल कलाकारलाई गुमाएको थियो