काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या ४३ पुगेको छ । नारायणी अस्पतालको प्रयोगशालामा बुधबार राति गरिएको परीक्षणमा एक मृत व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो । मंगलबार साँझ अस्पतालमा उपचारका क्रममा मृत्यु भएका व्यक्तिको स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको नारायणी अस्थायी कोभिड अस्पतालका इन्चार्ज डा. उदयनारायण सिंहले जानकारी दिनुभयो ।
एडभान्स मेडिकेयर हस्पिटलमा उपचारका क्रममा कोरोना संक्रमणको शंका लागेपछि गत मंगलबार नारायणी अस्थायी कोभिड अस्पतालमा भर्ना गरिएको थियो । वीरगन्ज माइस्थान निवासी ७० वर्षीय ती पुरुषको मंगलबार साँझ नै मृत्यु भएको थियो । कोरोनाको लक्षण रहेकाले उनको लाश परिवारको जिम्मा लगाइएको थिएन् । बुधबार ती मृत व्यक्तिमा पनि कोरोना रहेको रिपोर्ट आएको हो ।