धनुषामा थप एक जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । कोरोनाका कारण नेपालमा थप एकजनाको मृत्यु भएको छ । धनुषामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको हो । यहाँको धनौजी गाउँपालिका–३ कटैया निवासी ६५ बर्षीय पुरुषको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा मृत्यु भएको प्रदेश २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाका अनुसार ती पुरुष बिरामी परेर गत साउन २६ गते अस्पताल भर्ना भएका थिए । उनको सोही दिन स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । साउन ३१ गते रिपोर्ट आउँदा कोरोना संक्रमण पुष्टि भएको थियो । जटिल किसिमको निमोनियाबाट ग्रसित ती पुरुषलाई ३१ साउनकै राति सास फेर्न समस्या भएपछि आईसीयूमा भर्ना गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here