पृथ्वी २० वर्षयताकै हराभरा, चीन र भारत हराभरापनको कारक

पृथ्वी २० वर्षयताकै हराभरा भएको छ। नासाको नयाँ अध्ययनले पृथ्वी २ दशक यताकै हराभरा भएको जनाएको हो।

अन्तरिक्षबाट भू–उपग्रहमार्फत गरिएको अध्ययनमा विश्वको शक्तिशाली अर्थतन्त्र भएका चीन र भारत वृक्षारोपनमा सक्रिय भएको देखिएको छ। चीन र भारतका कारण पृथ्वी हराभरा भइरहेको जनाइएको छ।

सन् १९९० को मध्येमा पहिलो पटक भू–उपग्रहमार्फत पृथ्वीको हराभरापनको अध्ययन गरिएको थियो। बोस्टोन विश्वविद्यालयका प्राध्यापक रंग माइनेनीको नेतृत्वमा पहिलोपटक यस्तो अध्ययन भएको थियो।

नासाको २ भू–उपग्रहले विगत २० वर्षदेखि पृथ्वीको हराभरापनको अध्ययन गरिरहेको थियो। मोडरेट रिजोलुसन इमेजिङ स्पेक्ट्रोडायोमिटर ‘मोडिस’ प्रक्रियाबाट गरिने यस अध्ययनले तथ्यपरक र सही सूचना दिने जनाइएको छ।

Related image

ब्राजिलमा रहेको अमेजन रेन फोरेस्टमा रहेका रुखहरुले समेत पृथ्वीलाई हराभरा बनाउन मदत गरेको छ। सन् २००० को रेन फोरेस्टभन्दा अहिलेको हराभरापन ५ प्रतिशतले बढेको छ।

‘चीन र भारतले पृथ्वीमा रहेका अन्य देशभन्दा हराभरा बनाउने प्रकृयाको २ तिहाइ स्थान ओगटेका छन्।’ अध्ययनका मुख्य अध्ययनकर्ता तथा वोस्टोन विश्वविद्यालयका पृथ्वी र वातावरण विभागका प्राध्यापक चि चेनले भने,‘यो आश्चर्यजनक नतिजा हो। किनभने भारत र चीनले पृथ्वीको ९ प्रतिशतमात्र जमीन ओगट्छन्।’

भारत र चीनमा हुने कृषिजन्य गतिविधि र वृक्षरोपन हराभरापनको कारण भएको जनाइएको छ। पृथ्वी हराभरा भए यसले जलवायू परिवर्तन, समुद्र सतह बढ्ने समस्या, हिम नदी पग्लिने समस्या विस्तारै कमहुँदै जानेछ।  नासा

Image result for agriculture greening world
Image result for agriculture greening world

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here