सुदूरपश्चिममा एकैदिन थप १८ जनामा कोरोना भाइरस संक्रमण

धनगढी- सुदूरपश्चिममा एकैदिन थप १८ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ। कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका १४ सहित डोटी, अछाम, कञ्चनपुर र बैतडीका एक-एक जनामा कोरोना संक्रमण सोमबार पुष्टि भएको हो।

योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४३ पुगेको छ।  सुदूरपश्चिम प्रदेशमा गत चैत १४ गते पहिलो पटक कोरोना संक्रमण देखिएको थियो। संयुक्त अरब इमिरेट्स (युएई)बाट फर्किएका कैलालीको धनगढी उपमहानगरपालिका–५ का ३४ वर्षीय पुरुषमा पहिलो पटक कोरोना पुष्टि भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here