फेरी आज कपिलवस्तुमा थप ३९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं। कपिलवस्तुमा आज थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जनस्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको नमुना परीक्षणमा थप ३९ जनामा संक्रमण पुष्टि भएको हो। महाराजगञ्ज नगरपालिकाका ३७ र यशोधरा गाउँपालिका २ जनामा संक्रमण पुष्टि भएको हो। यसअघि आजै बुद्धभूमि नगरपालिकाका ४ जनामा संक्रमण पुष्टि भएको थियो। योसहित कपिलवस्तुमा संक्रमितको संख्या ५२३ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here