नेपालमा आज यति धेरै थपिए नयाँ कोरोना संक्रमित

नेपालमा कोरोना भाइरसका ४२५ जना संक्रमित थपिएका छन्। देशका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा ३७५ जना पुरुष र ५० जना महिला संक्रमित थपिएका हुन्। योसँगै कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ हजार ७६० पुगेको छ। यीमध्ये १९ जनाको मृत्यु भएको छ भने ९७४ जना संक्रमणमुक्त भएका छन्।

हालसम्म देशभर पीसीआर विधिबाट १ लाख ३३ हजार ३७७ जना र आरडीटी विधिबाट २ लाख १० हजार ७२९ जनाको कोरोना परीक्षण भएको छ। आजको दिनमा देशभरका क्वारेन्टिनमा १ लाख ४३ हजार ६४१ जना र आइसोलेसनमा ४ हजार ७६७ जना छन्। हालसम्म देशका ७३ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here