काठमाडौं – नेपालमा थप एक जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेको बैजनाथ गाउँपालिका–६ की ४६ वर्षीया महिला रहेकी छन् । यससँगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।
उनको सोमबार राति कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यु भएको हो। वडाध्यक्ष भद्रबहादुर बस्नेतका अनुसार उनको मृत्यु हुनुअघि लिइएको स्वाब परीक्षणको रिपोर्ट मंगलबार बेलुका पोजेटिभ आएको हो । उनी दीर्घ रोगी भएको जनाइएको छ ।