आज काठमाडौं उपत्यकामा थप ६ जना कोरोना संक्रमण

४ असार । काठमाडौं उपत्यकामा आज (बिहीबार) थप ६ जनामा कोरोना संक्रमण फेला परेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा ३ जना, काठमाडौंमा २ जना र ललितपुरमा एक जनामा कोरोना संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज कोरोना संक्रमण पुष्टि भएका ६७१ जनामध्ये काठमाडौं उपत्यकाका ६ जना रहेको जानकारी दिएको हो । लकडाउन खुकुलो भएसँगै काठमाडौं उपत्यकामा पनि दिनहुँजसो संक्रमित भेटिन थालेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here