काठमाडौं – पर्सामा कोरोनाभाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका वडा नम्बर १५ का ४६ वर्षीय पुरुष रहेका छन् । कोरोना संक्रमित उक्त पुरुषको बुधबार बिहान मृत्यु भएको हो ।
नारायणी अस्पतालका डाक्टर निरज सिंहका अनुसार नारायणी अस्पतालमा गरिएको पीसीआर परिक्षणमा उनलाई गएको साउन १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएका उनलाई ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।
उनको आज बिहान उपचारकै क्रममा मृत्यु भएको हो । उनको कोरोनाबाट मृत्यु भएको बारे स्वास्थ्य मन्त्रालयले पुष्टि गर्न बाकीँ रहेको छ । यसअघि पर्साकै एक युवतीको सोमबार राति मृत्यु भएको थियो । उनमा पनि कोरोनाभाइरसको संक्रमण देखिएको थियो ।