काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत ३ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ३ जना कार्यालय सहयोगीलाई कोरोना संक्रमण भएको हो। बिहिबार मन्त्रालयमा कार्यालय सहयोगी, सवारी चालक तथा अन्य कर्मचारीको नमुना परीक्षणा गरिएकोमा ३ जनाको रिपोर्ट पोजेटिभ आएको डा. गौतमले जानकारी दिए।