नेपालमा कोराेनाबाट ४ जनाको मृत्यु

काठमाडौं। कोभिड–१९ बाट थप चारजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दुईजना पुरुष छन् भने दुईजना महिला रहेका छन्। मृत्यु हुनेमा काठमाडौंका ७६ र ६४ वर्षीय पुरुष छन् भने बाँकेकी ७० वर्षीया र पर्साकी ४५ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here