१ भदौं । पछिल्लो २४ घण्टामा मकवानपुरमा ११ प्रहरीसहित थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित सबै हेटौंडा उपमहानगरपालिकाभित्र बसोबास गर्नेहरु रहेको जनाइएको छ । विभिन्न प्रहरी चौकीमा कार्यरत ११ जना प्रहरी र हेटौंडा उपमहानगरपालिकाका ५ जना सर्वसाधारणलाई कोरोना संक्रमण भएको हेटौंडा–४ कर्रा आइसोलेसन वार्ड इञ्चार्ज भोला चौलागाईले जानकारी दिए । उनका अनुसार चितवन घर भएका–३, रौतहटका २, सिन्धुलीका १, बाँकेका २, पर्सा घर भएका १, धादिङ घर भएका १ सहित ११ जना प्रहरीमा कोरोना पोजिटिभ देखिएको हो । उनीहरु सबैको हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रस्थित प्रादेशिक प्रयोगशालामा पीसीआर परीक्षण गरिएको थियो ।