उपत्यकामा २४ घण्टामै थपिए २५ सय ४० संक्रमित

२२ असोज । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २ हजार ५४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप २ हजार ५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए ।

प्रवक्ता गौतमका अनुसार उपत्यकाका काठमाडौँमा २ हजार ८५ , भक्तपुरमा १३५ र ललितपुरमा ३२० जनामा कोरोना संक्रमण देखिएको हो । बुधबार उपत्यकामा १ हजार ६८४ जनामा कोरोना संक्रमण देखिएको थियो ।

नेपालमा पछिल्लो २४ घण्टामा थपिएका ४३ सय ६४ जना कोरोना संक्रमितमध्ये काठमाडौं उपत्यकाका २५ सय ४० जना रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या २६ हजार ६८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा दुई हजार ६७५ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ७१ हजार ३४३ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७२ प्रतिशत रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here