बेथेको सागका अपत्यारीला फाइदाहरु, जसको सेवनले औषधीकै काम गर्छ

काठमाडौँ — बेथेको साग थुप्रै औषधीय गुणले भरिपूर्ण हुन्छ । बेथेमा खनिज तत्त्वको मात्रा अमलामा भन्दा बढी हुन्छ । बेथेले शरीरमा फलामको कमी हुन दिंदैदैन । साथै, मृगौलामा पत्थरी हुन पाउँदैन । आमाशयलाई बलियो बनाउँछ । बेथेमा फलाम, फस्फोरस, भिटामिन डी र क्षार धेरै मात्रामा पाइन्छ । यो शुक्रवर्धक र कब्जियत भगाउन लाभकारी मानिन्छ ।

भोक नलाग्ने, खाना ढिलो पच्ने, डकार, पेट फुल्नेजस्ता समस्या हटाउन पनि बेथे लाभदायक हुन्छ । पिसाब, मूत्राशय, मृगौलासम्बन्धी रोग निको पार्न र छालासम्बन्धी रोगमा समेत यसको उपयोग प्रभावकारी मानिएको छ ।बेथे उमालेको पानीले कपाल पखाल्दा जुम्राबाट मुक्ति पाइन्छ । यसो गर्दा कपालसमेत स्वस्थ बनाउँछ ।

कपालको प्राकृतिक रंग यथावत् रहन्छ । मूत्राशय, मृगौलासम्बन्धी रोग निको पार्न र छालासम्बन्धी रोगमा समेत यसको उपयोग हुन्छ ।बेथेमा फलाम, फस्फोरस, भिटामिन डी र क्षार धेरै मात्रामा पाइन्छ । यो शुक्रवर्धक र कब्जियत भगाउन लाभकारी मानिन्छ । कलेजोसम्बन्धी रोग, अजीर्ण, ग्यास, जुका, पत्थरी, पेट घोच्ने समस्यालगायतबाट मुक्ति मिल्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here