के तपाईको कुकुर बिरामी छ ? जानी राखौ यस्ता लक्षणहरु

हामी जस्तै हाम्रो घरपालुवा  कुकुरहरु पनि बिरामी हुन सक्छन ।मौसम को परिवर्तन संग-संगै तिनीहरु मा पनि एलर्जीहरु हुन सक्छन ।  यसलाई समय छदै ध्यान दिएन भने यसले गम्भीर बिमारीको रुप लिन सक्छन । बिरामी हुनु भन्दा पहिला कुकुर हरुमा केहि यस्ता लक्षणहरु देखा पर्छन । आउनुस येस्ता केहि लक्षण हरु थाहा पाई राखौ

  • कुकुर को शारीरिक अवस्था :-कुकुर  को शारीरिक अवस्था ले थाहा हुन्छ कि तपाईं को कुकुर बिरामी छन् कि छैन जस्तै :- कुकुरको आखाँ र नाक सुख्खा हुनु , आखाँ फुल्नु अथवा कुकुरको शरीर वाट गन्ध आई राख्नु
  •  व्यवहार :- यदि तपाईं को कुकुर सामान्य भन्दा फरक किसिमको व्यवहार गर्नु  जस्तै:- खोखी लाग्नु , हाछु लाग्नु  थोरै पानी खानु ,थोरै खान खानु आदि
  •  शारीरिक तापक्रम   :- कुकुरहरु मा शारीरिक तापक्रम घट -बढ हुनु नै बिरामी को लक्षण हुन् जस्तै:-  रियाल आउनु , काप्नु ,
  • पिशाबमा समस्या देखा पर्नु :- सामान्य स्थिति भन्दा पिशाव बढी मात्र वा थोरै मात्र मा पिशाब गर्नु , पिशाब नलीमा समस्या देखा पर्नु ,

 यी सबै संक्रमण ले गर्दा पनि हुने गर्छन । यदि यस्ता लक्षण हरु देखा परेमा नजिक को पशु चिकित्सक संग सल्लाह -सुझाब लिई तुरुन्तै उपचार गराउनु पर्छ ।

डा. पवन कुमार झा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here