चाणक्य नीतिको ११ अध्यायको पहिलो श्लोकमा मानिसको चार गुणको बारेमा बताइएको छ । ती गुण हुने मानिस सफल मानिस र राम्रो नेता बन्न सक्ने बताइएको छ । यी गुणहरु पछि सिक्ने कुरा होइनन्, केही खास मानिसहरुमा जन्मजात नै हुन्छ भन्ने चाणक्यले उल्लेख गरेका छन् । यसको प्रभावबाट मानिस सफल हुन सक्छन् ।
आजकल मानिसहरु जागिर र व्यापार वा अन्य कुनै क्षेत्रमा लागिरहेका छन्, उनीहरुमा पनि यी गुणहरु छन् भने सफल हुन सक्छन् ।
चाणक्य नीतिको श्लोकमा भनिएको छ-
दातृत्वं प्रियवक्तृत्वं धीरत्वमुचितज्ञता।
अभ्यासेन न लभ्यन्ते चत्वारः सहजा गुणाः
दानी हुनु
दान दिनु कुनै व्यक्तिको स्वभाव नै हुन्छ । कुनै पनि व्यक्तिलाई दान
दिनुपर्छ भनेर सिकाउन सकिँदैन । यस्तो बानी मानिसको मनभित्रै हुन्छ ।
यसर्थ, कसैलाई पनि दान दिनुपर्छ भनेर सिकाउन सकिँदैन ।
निर्णय लिने क्षमता
कुनै पनि व्यक्तिलाई निर्णय लिन पनि सिकाउन सकिँदैन । जसले उचित समयमा उचित
निर्णय लिनसक्छ, ऊ सफल हुन्छ । गलत समयमा सही निर्णय लिएर मानिस सफल हुन
सक्दैन ।
धैर्यता
धैर्य रहन सक्नु मानिसको सबैभन्दा राम्रो गुण हो । कठिन समयमा आफूलाई
धैर्यवान बनाइराख्न सक्नु मानिसको धेरै उत्कृष्ट गुण हो । धैर्यवान मानिसले
खराब समय सकिएपछि राम्रो काम गर्न सक्छ । तर, धैर्यता पनि सिकाउन सकिँदैन ।
यो मानिसको जन्मजात गुण हो ।
मीठो बोली
मीठो बोल्नु पनि मानिसको सबैभन्दा राम्रो गुणमध्ये एक हो । यस्तो गुण मानिसको स्वभावमै हुन्छ । कसैलाई मीठो बोल्न कहिल्यै पनि सिकाउन सकिँदैन
।