होलि पर्वमा घरपालुवा जनवार मा बिशेष ध्यान

फाल्गुन महिनाको पूर्णिमामा होली पर्व खास गरि हिन्दु धर्मालम्बीको लागि यस्तो रंगीन पर्व हो जुन हामी सबै मिलेर पुरै हर्सोउल्लास को साथ्, साथीभाई, इस्ट-मित्र, घर परिवारका सबै सदस्य मिलेर उत्सव को रुपमा मनाउने गर्छौ , समय को बदलाब संगै आजभोलि हरेक धर्मका मानिसहरूले पूर्ण उत्साह र रमाईलो तरिकाले सबै मिलेर होलि पर्व मनाउँछन्। मित्रता र प्रेमले भरिएको यो चाडले हरेक धर्म, सम्प्रदाय र हरेक बर्ग का मनिसले भ्रातृत्वको सन्देश दिने गर्छ ।यस दिन, सबै व्यक्तिहरू आफ्ना पुराना गुनासोहरूलाई भुलेर एक आर्का प्रति सद्भाव देखाउदै  र अंगालो हाल्दै बच्चाहरू, युवाहरू, बूढाहरु सबै मिलेर रंग अबिर  खेल्ने गर्छन ।होली पर्व मा विभिन्न किसिमका रंग,अबिरलाई पानि मा घोलेर अथवा सुख्हा प्रयोग गर्ने गर्दछौ यो खुशीको अवसरमा हामी बेलुन मा रंग अबिर पानी भरेर मनोरंजनका लागि एक अर्कालाई छ्याप्ने गर्छौ र मनोरंजनकै लागि भए पनि हामी आफ्नो घरपालुवा जनावरहरुलाई तथा सडक मा रहेका कुकुर बिरालोहरु माथि पनि रंग अबिर दल्ने गर्छौ जसले गर्दा यिनीहरुमा नकारात्मक असर गर्ने गर्दछ  र यसले गर्दा यिनीहरुको शारीरिक अवस्था बिग्रिने गर्दछ ।

हामीहरु सजिलैसँग यो पर्व मा घरपालुवा जनवारहरु तनाबमा छन् कि छैनन् भनेर थाहा पाउन सक्छौ। यी रंग अबिर ले गर्दा हाम्रा घरपालुवा साथीहरूको स्वास्थ्यमा नकारात्मक असर गर्दछन। कुकुर बिरालो मा लगाइएको रंग अबिर फोहर पानी ले गर्दा तिनीहरूको छालामा दाग, घाउ खटिरा हुने गर्दछ र यसले गर्दा तिनीहरुको स्वास्थ्य मा समस्या हुने गर्दछन्  । हामीहरु सबै सजिलैसँग रंग,अबिरले होलि खेल्दा लागेको दागहरु सफा गर्ने गर्दछौ र घरमा पालिएको हाम्रा घरपालुवा साथि अथवा सडक मा रहेका छाडा कुकुरहरु तिनीहरु माथि बिशेष रुपमा ध्यान नदिने हुदा तिनीहरुको स्वास्थ्य मा प्रतिकुल असर गर्ने गर्दछ, त्यसैले होलि खेल्नु पुर्व तिनीहरु मा बिशेष ध्यान दिए तिनीहरु मा पर्ने नकारात्मक असर र रंग अबिरले गर्दा लाग्ने रोगहरु बाट बचाउन सक्छौ ।  

हामी अलिकति जागरुक र सरसफाई प्रति विशेस ध्यान दिने हुदा रङ्ग, अबिर र फोहर पानी मा भएका विषादी युक्त रसायनलाई  सरसफाई को माध्यम ले हटाउने गर्दछौ तर कुकुर, बिरालो तथा अरु घरपालुवा पशुहरु मा लाग्ने गरेको रंग अबिर र फोहर पानी ले गर्दा यिनीहरु को स्वास्थ्यमा छिट्टै नै असर गर्ने गर्दछ ।  

रंग अबिरले गर्दा कुकुर बिरालो तथा पशुहरु मा हुने शारीरिक समस्याहरु :

१. छालाको एलर्जी र कपाल झर्ने

होलीको समयमा प्रयोग हुने प्राय: सुक्खा अबिर तथा रंगहरूमा मर्करी सल्फेट र मेटल अक्साइड जस्ता रसायन हुन्छन, जसले गर्दा कुकुर बिरालोको छालाको एलर्जी र इन्फ्लामेसन गर्ने गर्दछ, बिसेष गरि छोटो कपाल भएको पशुहरुमा। यसले गर्दा यिनीहरु को छालामा दाग र खटिराहरु निस्किने गर्दछन्  र यी रसायनहरुले गर्दा कपाल झर्ने समस्या देखा पर्दछ।

२. अन्धो हुनु

प्राय जसो हामीहरु बेलुनमा रंग तथा फोहर पानी हालेर अरुहरुलाई छ्याप्ने गर्दछौ र मनोरंजन कै लागि भए पनि, हामी कुकुर बिरालो तथा पशुहरु माथि पनि प्रहार गर्ने गर्दछौ र अचानक त्यस्ता फोहर पानी तथा रंग अबिर तिनीहरु को आँखा मा पर्न गएमा  तिनीहरूको आँखाको लागि हानिकारक हुनसक्दछ जसले गर्दा स्थायी दृष्टि पनि हराउन सक्छ।

३. श्वासप्रश्वास को समस्या देखापर्नु र मृत्यु हुनु

होलीको बेलामा हामी प्राय सबै लाई थाहा छ कि रंग अबिरको पाउडर बाट गन्ध धेरै आउछ र घरपालुवा जनावर को नाक निर पर्न गएमा सुँघेर यिनीहरु को नाक भित्र छिर्न सक्छन अथवा तिनीहरु आफ्नो शरीर चाट्ने बनि हुदा  र त्यसमा रहेको रसायन ले गर्दा तिनीहरुको फोक्सोमा असर ,संक्रमण र अन्य श्वासप्रश्वासको समस्या निम्त्याउन सक्छ ,र कुनै बेला मृत्यु पनि हुनसक्छ ।

सावधानी तथा उपायहरु

जुन कुकुर र बिरालाहरूको लागि तिनीहरूको शरीरबाट फोहर र रंग दाग हटाउनको लागि हो त्यस्ता किसिमका पेट शेम्पू मात्रै प्रयोग गर्नुपर्छ । तिनीहरूमा कहिल्यै रक्सी वा मानव शैम्पू प्रयोग नगर्नुहोस् किनकि यसले छालाको एलर्जी र संक्रमण निम्त्याउन सक्छ। होलि को पर्व मा प्राय जसो सबै को घर मा मिठाई पाक्ने हुदा हामी सबै मिठाई खाने गर्दछौ र मिठाईमा क्रीम, रेजिन जस्ता तत्व पाइने हुदा तपाईंको पाल्तु जनावरको पाचन प्रणाली बिगार्न सक्छन् त्यसैले मिठाई दिन बाट बन्चित गर्नुहोश  । रंग अबिर ले गर्दा बान्ता, डाइरिया र व्यवहार परिवर्तन जस्ता लक्षण देखापरेमा तुरुन्त पशुचिकित्सक संग सल्लाह सुझाब तथा उपचार गराउनु पर्दछ।

जनचेतना को साथ् साथै जागरूकता सिर्जना गर्नुहोस्

घरपालुवा जनावरमा रंग, अबिर, फोहर पनि बाट हुने खतराहरू सम्बन्धी सूचनाहरू र पोष्टर राख्दा धेरै कुकुर र बिरालाहरूलाई रंगीन हुनबाट बचाउन सकिन्छ। आफ्नो छरछिमेक मा रहेको केटाकेटीलाई घरपालुवा जनावर माथि त्यस्ता प्रकार का गतिबिधि नगर्न भन्नुहोश यो एउटा राम्रो उपाय हो र यसरि तपाई घरपालुवा जनवार लाई बचाउन सक्नु हुन्छ । होलिको दिन तपाई आफ्नो घरपालुवा जनावर कुकुर र बिरालो लाई रंग अबिर र फोहर पनि बाट बच्न को लागि आफ्नो घर भित्र सुरक्षित तरिका ले राख्ने गर्नुपर्छ । त्यसैले होलि पर्व मनाउन पुर्व आफ्नो घर पालुवा जनावरहरूलाई रंग अबिर बाट हुने शारीरिक समस्या तथा त्यसमा हुने मनोवैज्ञानिक प्रभावहरू बचाउन सक्नु पर्दछ ।

होलि पर्व को उपलक्ष्यमा सबैलाई हार्दिक मंगलमय शुभकामना ।

डा. पवन कुमार झा

पीके भेटेरिनरी एण्ड एग्रिकल्चर सेन्टर

तथा  

बजरंग भेटेरिनरी एण्ड एग्रिकल्चरल रिसर्च सेन्टर 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here