पतंजलिका बाबा रामदेवले कोरोना विरुद्धको औषधी बनाएको दाबी गरेको छ । भारतको हरिद्वारमा सोमबार एक कार्यक्रमका बीच बाबा रामदेवले उक्त औषधीको सार्वजनिक गरिएको छ । रामदेवको दाबी अनुसार कोरोनिलको क्लिनिकल केस स्टडीमा २८० बिरामीलाई सामेल गरिएको थियो । १०० जनामाथि यसको क्लिनिकल ट्रायल गरिएको थियो । यो औषधी दिइएको ३ दिनपछि ६९ प्रतिशत बिरामी पोजेटिभबाट नेगेटिभ भएका थिए भने ७ दिनभित्र शतप्रतिशत बिरामी निको भएका थिए । यसमा मृत्युदर शुन्य प्रतिशत रहेको थियो ।
रामदेवले लञ्च गरेको कोरोनाकिटमा कोरोनिलको साथै श्वासारी बढी र अणु तेल पनि सामेल छ । रामदेवका अनुसार तीनैको एक साथ प्रयोग गर्ने हो भने कोरोनाको संक्रमण खत्तम हुनेछ । र, यसले अन्य बिमारीबाट पनि बचाउनेछ ।
रामदेवका अनुसार शरीरमा अक्सिजनको कमी हुँदा श्वासरीले फाइदा गर्छ । यसले रुघा र खोकीबाट एकैपटक लड्न मद्दत र्गछ । अणुतेललाई नाकमा हाल्नुपर्नेछ । यसले कोरोनाबाट मानिसलाई बचाउने दाबी गरिएको छ ।