विप्लव समुहले कैलालीमा जलायो बस

धनगढी-  नेपाल बन्दको आवह्वान गरेको नेत्रविक्रम चन्द विप्लव समुहले ठाउँ ठाउँमा आगजनीसमेत गरेको छ । विप्लवका कार्यकर्ताहरुले कैलालीमा आज बिहानै एउटा बसमा आगजनी गरेका हुन् ।

सुखडदेखि भजनीको बाटोमा गएको मे १ ख ४४१ नम्बरको बसलाई जंगलमा आगजनी गरिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले स्कर्टिङ गरेर गाडीहरु गन्तब्य तर्फ पठाइरहेको भएपनि बिवाहका लागि जान लागेको भन्दै प्रहरीले रोक्दा रोकदै पनि आगजनी भएको प्रहरीले बताएको छ । 

यस्तै सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाहरुलाई तराई सित जोड्ने भीमदत्त राजमार्गको गोदावरी खण्डमा बन्दका दिन किन गाडी चलाएको भन्दै रोक्न खोज्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उपरिक्षक आभुषण तिमिल्सिनाले जानकारी दिए । उनले  सुरक्षा ब्यवस्था कडा पारिएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here